काठमाडौँ– चार जना उपसचिवको सरुवा भएको छ। आज बिहीबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल विविध सेवा, राजपत्रांकित द्वितीय श्रेणी, सूचना प्रविधि निर्देशक पदमा कार्यरत उपसचिवहरूको सरुवा गरेका हो।
लोकसेवा आयोगबाट सिफारिस भई मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन भएका उपसचिवहरू योगेश अर्याललाई निर्वाचन आयोग, अमोद उलकलाई सार्वजनिक खरिद अनुगमन कार्यालय, सुरज प्रकाश अर्याल र इन्द्रप्रसाद मैनालीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरेको मन्त्रालयले जानकारी दियो ।
![]()