प्रधानमन्त्री ओलीलाई वर्षमानको प्रश्न: सिनेट बैठक किन रोकेको ? - Chaitanya News
  • 2026-05-13
  • 15:00:02
  • बुधबार,बैशाख ३०, २०८३
  • प्रधानमन्त्री ओलीलाई वर्षमानको प्रश्न: सिनेट बैठक किन रोकेको ?

    प्रधानमन्त्री ओलीलाई वर्षमानको प्रश्न: सिनेट बैठक किन रोकेको ?

    काठमाडौँ– पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित गरिएकोप्रति आपत्ति जनाएका छन् । यस्तै तत्काल बैठक राख्न सरकारको ध्यानाकर्षण पनि गराएका छन्।

    आज (मंगलबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी केन्द्रका उपमहासचिव पुनले प्रधानमन्त्री स्वयं त्रिभुवन विश्वविद्यालयको कुलपति रहेको स्मरण गराउँदै सिनेट बैठक अविलम्ब बोलाउन ध्यानाकर्षण गराएका हुन्।

    नेपालै सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयको कुलपति प्रधानमन्त्रीज्यू हुनुहुन्छ। यसै हप्ता बोलाइएको सिनेटको बैठक आकस्मिक रूपले स्थगित गरियो’ उनले भने, ‘गत वर्ष पनि यस्तै प्रकारको घटना घटेको थियो।’

    उनले थपे, ‘तत्कालीन भिसीले सरकारको असहयोगका कारणले आफूले राजीनामा दिएको अनौपचारिक टिप्पणी पनि आएका छन्।
    नेता पुनले त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डर तुरुन्त निर्माण गर्न माग गर्दै सरकारसँग लाखौँ युवाको भविष्यप्रति उत्तरदायी बन्न आग्रह पनि गरे।