निजामती सेवा विधेयकमा त्रुटि सच्याउन बनेको छानबिन समितिको पहिलो बैठक आज बस्दै - Chaitanya News
  • 2026-06-07
  • 20:51:18
  • आइतबार,जेठ २४, २०८३
  • निजामती सेवा विधेयकमा त्रुटि सच्याउन बनेको छानबिन समितिको पहिलो बैठक आज बस्दै

    निजामती सेवा विधेयकमा त्रुटि सच्याउन बनेको छानबिन समितिको पहिलो बैठक आज बस्दै

    काठमाडौँ– सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन विशेष समितिको पहिलो बैठक आज (मंगलबार) दिउँसो १२ बजे बस्ने भएको छ ।

    बैठक सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन नयाँ बानेश्वरस्थित शङ्कर हलमा बस्न लागेको हो ।

    आजको बैठकले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘छलकपट’ गरी लेखिएका भनिएका त्रुटिहरूको अध्ययन तथा छानबिन प्रक्रिया कसरी अगाडि बढाउने भन्ने बिषयमा छलफल गर्नेछ।

    सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा गडबडी भएको थियो । यसबारे व्यापक विरोध र आलोचनापछि गडबडीबारे छानबिन गर्न प्रतिनिधिसभाबाट सोमबार ७ सदस्यीय संसदीय विशेष छानबिन समिति घोषणा भएको थियो।

    समितिको संयोजकमा कांग्रेसका सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियार रहेका छन्। संसद्को नियमावली, २०७५ को नियम १८० बमोजिम गठन गरिएको समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १–१ जना सदस्य छन्।