काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली र स्वीटजरल्याण्डका संघीय विदेश मन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसबीच भेटवार्ता भएको छ ।
आज (सोमबार) प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझ मजबुद बनाउँदै विकासका क्षेत्रमा सहकार्य जारी राख्ने विषयमा छलफल भएको थियो।
मन्त्री क्यासिसले नेपालको विकास, संघीयता सबलीकरण, संक्रमणकालीन न्याय, जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापनका क्षेत्रमा आफ्नो सहयोग निरन्तर रहने बताए।
प्रधानमन्त्री ओलीले नेपालमा लामो समय हिंसात्मक र अस्थिर राजनीति रहे पनि अहिले दुई ठुला दलको सहकार्यमा विकास, सुशासन र लोकतान्त्रिक प्रणालीको रक्षाको ध्येयसहित सरकार बनेकाले स्थितिमा क्रमिक सुधार आएको बताए।