प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची - Chaitanya News
  • 2026-05-13
  • 15:00:46
  • बुधबार,बैशाख ३०, २०८३
  • प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ– आज (सोमबार) अपराह्न १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

    बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले प्रतिनिधि सभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची छ।

    यसैगरी ‘विनियोजन विधेयक, २०८२’, ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पनि राष्ट्रिय सभाको सन्देशसहित टेबुल गर्ने कार्यसूची रहेको छ।

    उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्नेछ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

    यस्तै आजको बैठकमा महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदनसमेत पेस हुने कार्यसूची रहेको छ।