काठमाडौँ– नेकपा एमाले सचिव रघुवीर महासेठले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वर्तमान सत्ता गठबन्धन तोड्न लागि परेको बताएा छन्।
आज (आइतबार) जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल वर्तमान सत्ता गठबन्धन तोड्न लागि परेको आरोप लगाएका हुन् । यस्तै उनले वर्तमान सत्ता गठबन्धन तोड्न राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति लागिरहेको बताए। यसको नेतृत्व अध्यक्ष प्रचण्डले गरिरहेको उनको भनाइ छ।
प्रचण्डलाई स्वतन्त्र सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीहरूले सहयोग गरिरहेको पनि उनले बताए। वर्तमान सत्ता गठबन्धन मन नपराउने सत्ता घटककै केही सांसदहरू पनि रहेको उनको आरोप छ। तर पनि अहिलेसम्म वर्तमान गठबन्धन सरकार प्रतिकुल अवस्थामा नपुगेको महासेठले बताए।