पछिल्लो समय युवाहरुमा लोकसेवा आयोग प्रतिको भरोसा, विश्वासा बढीरहेको छ । लोकसेवामा निष्पक्ष प्रतिस्पर्धा हुने भएकाले होला दूर दराजमा रहेका युवाहरुको समेत एकमात्रै रोजाई लोकसेवा बनेको छ । सरकारी जागिर खाने चाहानालाई साकार पार्न हजारौं परीक्षार्थीहरु परीक्षामा सामेल हुन्छन् । तर, केही मात्रै सफल हुन्छन् । असफल हुने केही परीक्षार्थीहरुले यो कठिन झमेलामा फस्न चाहादैनन् तर, कुनै असफल परीक्षार्थीहरु एक र अनेकौं पटकको असफलताबाट आत्तिँदैनन् र पढीरहन्छन्, परीक्षामा सामेल भइरहन्छन् । अन्ततः सफलता हासील गरिछाड्छन् । त्यसो भए लोकसेवा परीक्षामा सफल हुनको रहस्य के छ त ? यिनै विषयमा केन्द्रित रहेर चैतन्य खबरका लागि निर्मला कडायतले उपसचिव प्रकाश घिमिरेसँग गरेको संवादको सम्पादित अंश:
1– तपाईं निजामती सवाको जिम्मेवार तह उपसचिवमा नाम निकाल्न सफल हुनु भएको छ, यो सफलतालाई कसरी लिनुहुन्छ ?
उपसचिममा सिफारीस हुन पाउदा एकदमै खुसी अनूभूति भइरहेको छ । निजामती कर्मचारी त्यसमा पनि उपसचिव जिम्मेवार पद हो । म शाखा अधिकृत हुँदा पनि सरकारी वकिल थिए र अहिले उपसचिवमा सिफारीस हुँदा पनि सरकारी वकिल नै छु । पहिले र अहिलेको कामको प्रकृति पनि उस्तै–उस्तै छ । जिम्मेवमरी त बढ्ने नै भयो, र पनि लोकसेवाका विभिन्न तह पार गर्दै उपसचिवसम्म आइपुग्दा धेरै खुसी अनि आनन्द महसुस गरिरहेको छु ।
2– तपाईं लोकसेवाका विभिन्न तह पार गर्दै उपसचिव भइसक्नु भयो, लोकसेवा तयारी गरीरहनु भएका परीक्षार्थीलाई सफलता प्राप्तिका लागि के गर्नुपर्छ भन्ने सन्देश दिनुहुन्छ र कसरी तयारी गर्दा लोकसेवामा नाम निकाल्न सकिन्छ होला ?
पढने त सबैको आ–आफ्नो तरीका हुन्छ । तर मैले चाहीँ लोकसेवाको तयारी धेरै लामो समयसम्म गरे । मैले २०६७ बाट लोकसेवा पढ्न सुरु गरेको हो । २०६८ मा नै खरीदार मा नाम निकाले र २०७० मा नासु र २०७५ मा शाखा अधिकृत हुँदै २०८१ मा आएर अपसचिवमा सिफारीस भएको हो । मैले लोकसेवाका चार परीक्षा पास गरे । यसमा सबैभन्दा त निरन्तरता दिन जरुरी हुन्छ । सामसामहिक कुराहरुलाई टिपोट गर्दै लेख्ने र रिटनका परीक्षाहरु दिइराख्नु पर्छ । आफ्नो कमिकम्जोरीहरुलाई पनि ध्यान दिनुपर्छ । म के कारणले असफल हुन्छु ? मेरो कुन पक्ष कमजोर छ ? भन्ने कुराहरु आफैले पत्ता लगाएर सुधार गर्दै जानुपर्छ । अर्को आफुलाई मनपर्ने विषय र सहज लाग्ने विषयबाट सुरु गरेर जटिल विषयमा प्रवेश गनुपर्छ। अध्ययन तालिका बनाएर पढ्दा राम्रो हुन्छ। लोकसेवाको पढाईलाई जिस्क्याउनु भने हुदैन। हातमा किताब भएको बेला ध्यान पनि किताबमा नै हुनुपर्छ। लोकसेवामा अवश्य सफलता मिल्नेछ ।
3– पढाईको सुरुवात कसरी गर्दा सहज हुन्छ ?
पढाईका सुरुवाति चरणमा त धेरै नै मेहेनत गर्नुपर्छ । पछि माथिल्लो तहमा पुगिसकेपछि आफुले गरेका हरेक कामलाई पढाईसँग जोडेर हेरीन्छ । जस्तै हामी कहाँ कुनै मानव बेचबिखन सम्बन्धि मुद्दा आउँदा त्यसमा नेपालमा यसका समस्या के छन् ? समाधानका उपायहरु के छन् ? यससम्बन्धि जानकारीहरु के भइरहेका छन् ? महान्यायाधिवक्ता कार्यलयले के कदमहरु चालिरहेको छ ? आर्टिकलहरु कस्ता–कस्ता सार्वजनिक भएका छन् ? यिनै कुराहरुको जानकारी लिने, यसले काममा पनि निखारता ल्याउँछ र सँगै आफुलाई पढ्नको लागि तयारी पनि हुन्छ । कुनै कुराको टपिक आउँदा त्यसका सबैकुराहरु हेर्नुपर्छ ।
4– पुस्तकको छनोट कसरी गर्ने ?
पुस्तकको छनोट गर्दा सबै भन्दा पहिले त काठ्यक्रम जो सेलेभर छ त्यो अनुसार बजारमा उपलब्ध पाठ्यपुस्तकहरु लिने, आफुलाई सजिलो लाग्ने पुस्तकबाट सुरु गर्ने, सुरुमा नै अप्ठेरो ढंङगबाट पढ्नु हुँदैन्। पुस्तक छनोट गर्दा आफले जे तयारी गरिरहेका छौं त्यही क्षेत्रको पुस्तक छनोट गर्नुपर्छ । माथिल्लो तहको पढाईका लागि एक–दुई पुस्तक मात्रै पढेर सम्भव हुँदैन् त्यसका लागि बजारमा पाईने अधिकांस पाठ्यपुस्तकहरुलाई संकलन गरेर आफ्नो ढङ्गले त्यसलाई बुझ्ने र पढ्ने लेख्ने बानिको विकास गर्नुपर्छ । जस्तै विभिन्न इन्च्यूचटहरुबाट प्रकाशन हुने किताबहरु र विभिन्न आदरणीय लेखकहरुका आर्टिकलहरु, लेख रचनाहरु ति समग्रलाई आफुले बुझ्ने तरिकाले टिपोट गर्ने र पढ्ने बानिको विकास गर्ने । अर्को उपसचिव जस्तो माथिल्लो तहमा पुस्तकमै सिमित भएर पढ्नु हुँदैन् । किताबहरुमा कतिपयमा कन्टेन हुँदैन्, कन्टेन भए पनि सबैमा एकै प्रकारको हुन्छ, कपी पेस्ट हुने, भएकाले उपसचिवमा पुस्तकमै सिमित भएर हुँदैन । बरु बजारमा पाईने विभिन्न काठयक्रमबाट छनोट गरेर आफ्नै तरीकाले नोटहरु बनाएर पढ्दा राम्रो हुन्छ ।
5– दिमागमा बस्ने गरी पढ्नका लागि उपयुक्त समय कुन हुन सक्छ ?
मैले यो पढ्ने समय भनेर त कहिँले पनि छुट्याइन । मैले काम गर्दै पढ्दै सिक्दै गरेको हो । तर पनि समय छ भने दिउँसो भन्दा बिहान बेल्काको फ्रेस मुडमा पढ्दा राम्रो हुन्छ ।
6– पढेको कुरा कसरी सम्झिने ?
पढ्दा ध्यान दिएर पढ्नुपर्छ । पढ्दा मनमा अनेक कुराहरु खेलाउनु हुँदैन । दोहो¥याएर पढ्ने र पढेको विषयवस्तुलाई वुदागत रुपमा डायरीमा टिपेर पढ्ने पढ्दाखेरी बजारमा उपलब्ध सामाग्रीहरु, विभिन्न लेख रचानाहरु, संवैधनिक आयोगका प्रतिवेदनहरु, वार्षिक नीति कार्यक्रमहरु, सोह्रौ योजना लगायतका विषयवस्तुहरु पढेर राम्रो नलेज बनाउनु पर्छ ।
7– अरु भन्दा भिन्न र राम्रो उत्तर कसरी लेख्र्ने ?
सबैभन्दा पहिला त आफ्नो क्षमताको विकास गर्न जरुरी छ । अर्को भनेको प्रश्नले मागेको उत्तर मात्रै लेख्नु पर्छ । अनावश्यक कुरा थपेर उत्तरलाई लामो बनाउनु हुँदैन । जुन प्रश्नलाई जति समय दिएको छ त्यति नै समयमा त्यसको उत्तर लेखिसक्नुपर्छ । प्रश्न बुझेर मात्रै उत्तर लेख्नु पर्छ ।
8– लिखित परीक्षामा कस्तो लेखनशैली अपनाउँदा राम्रो नम्बर प्राप्त गर्न सकिन्छ होला ?
लिखित परीक्षामा ३ घण्टाको समय हुन्छ त्यो समयलाई व्यवस्थापन गरेर छोटो अनि सबैले बुझ्ने उत्तर लेख्नु पर्दछ । धेरै साथिहरु विषय प्रवेश लेख्ने कि नलेख्ने भन्नेमा दोधार हुन्छन् त्यो चाँही लेखे पनि हुन्छ, नलेखे पनि हुन्छ, तर विषय प्रवेश लेख्दा ३–४ लाइन भन्दा बढि लेख्नु हुँदैन् । त्यसमा धेरै समय खर्च गर्नु हुदैन् ।
9– बुँदागत वा विश्लेषणात्मक कुन उत्तर राम्रो मानिन्छ ?
बुधागत भित्र पनि विश्लेषणात्मक र सस्केणात्मक ढंगले नै लेख्नुपर्छ । अर्थ नै नलाग्ने धेरै छोटो पनि लेख्नु हुँदैन ।
10– समय व्यवस्थापन कसरी गर्न सकिन्छ ?
समय व्यवस्थापन गर्नको लागि हामीले पुर्व परीक्षाहरु (प्री टेस्टहरु) पनि दिनुपर्ने हुन्छ । यसले अन्तिम परीक्षामा हुने कमीकमजोरीलाई केलायर सुधार गर्ने अवसर दिन्छ । क्लासहरु पनि लिएको हुनुपर्छ । राम्रोसँग पढेर बुझेर परिक्षामा सहभागी हुनुपर्छ । । प्रश्नलाई जति समय दिएको हुन्छ त्यो समय भित्र नै त्यसको उत्तर लेखिसक्नु पर्ने हुन्छ,।
11– कतिपयलाई आफ्नो अक्षर राम्रो नभएकोमा तनाव हुन्छ भने, कतिपयले राम्रो अक्षर भएकै कारण परीक्षामा राम्रो नम्बर पाउने विश्वास पनि गरिरहेका हुन्छन् । अक्षर र शुद्धाशुद्धीले नतिजामा फरक पार्छ कि पार्दैन ?
फरक त पार्छ नै । अक्षर राम्रो भए केहि न केही कुरामा प्राथमिकता त पाउँछ नै तर पनि शुद्धाशुद्धि, अक्षर मात्रै राम्रो भएर हुँदैन् । नतिजा राम्रो बनाउन दुवै राम्रो हुन आवश्यक छ । परिक्षामा लेख्दा खेरि लोकसेवाको नियम भित्र लेख्नुपर्छ । लेख्दा धेरै केरमेट गर्नु हुँदैन। यदि धेरै केरमेट गर्नुभयो भने नम्बर काटिने सम्भावना हुन्छ ।
12– अन्त्यमा लोकसेवा तयारी गरिरहनु भएका परीक्षार्थीलाई के भन्न चाहानु हुन्छ ?
लोकसेवाको तयारी गरिरहँदा मनमा अनेक अन्यौलताहरू हुन्छन्। धेरै प्रकारका सोचहरू आउँछन् त्यसमा नकारात्मक सोच पनि पर्छ तर तयारीका चरणमा जहिले पनि सकारात्मक सोच राख्नुपर्छ। दिमागलाई शान्त बनाएर पढ्नुपर्छ, निजामती सेवाले अवश्य तपाईंलाई स्वागत गर्नेछ। एक दुई पटकको असफलतामा निराश भएर हार मान्नु हुँदैन। असफलताले मानिसलाई परिपक्व बनाउँछ। आफ्नो सकारात्मक कुरा, नकारात्मक कुरा, आफ्नो विज्ञता र कमजोरीको मूल्याङ्कन आफैँले गर्नुपर्छ र कमजोरीलाई सुधार गर्दै जानुपर्छ। आफुलाई मनपर्ने विषय र सहज लाग्ने विषयबाट पढाई सुरू गर्नुपर्छ लोकसेवा परीक्षामा अवश्य सफल भइन्छ ।