प्रभु साहले भने: ‘कानुन बनाउँदा उड्ने नभई धर्तीलाई सुहाउँदो बनाउनुपर्छ’ - Chaitanya News
  • 2026-05-13
  • 15:38:37
  • बुधबार,बैशाख ३०, २०८३
  • प्रभु साहले भने: ‘कानुन बनाउँदा उड्ने नभई धर्तीलाई सुहाउँदो बनाउनुपर्छ’

    प्रभु साहले भने: ‘कानुन बनाउँदा उड्ने नभई धर्तीलाई सुहाउँदो बनाउनुपर्छ’

    काठमाडौँ– आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मुलुक सुहाउँदो कानुन नभएको आरोप लगाएका छन् ।

    आज (शुक्रबार) प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसद साहले कानुन बनाउँदा उड्ने नभई धर्तीलाई सुहाउँदो बनाउनुपर्ने बताएका हुन् ।

    नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा सहभागी साहले व्यवहारिक रूपमा सोचेर कानुन निर्माण गर्नुपर्ने बताए।

    संविधानमा ३१ वटा मौलिक हक राखिएको तर कार्यान्वयन एउटा पनि हुन नसकेको उनको भनाइ छ। ‘हाम्रो संविधानमा ३१ वटा मौलिक हक छन्। दुनियाँमा नभएको मौलिक हक छ। तर कार्यान्वयन एउटा पनि भएको छैन,’उनले भने, ‘त्यो कुराको हेक्का राख्नुपर्छ। हामीले कानुन बनाउँदा उड्ने होइन की धर्तीलाई सुहाउँदो हुनुपर्छ। वस्तुवादी हुनुपर्छ। सबैलाई स्वीकार्य हुनुपर्छ। सबैले स्विकार्ने खालको हुनुपर्छ।