ज्ञानेन्द्रबहादुर कार्कीले भने:‘हतारमा बाफिया पास गरेर सुखद परिणाम आउँदैन’ - Chaitanya News
  • 2026-05-13
  • 15:37:51
  • बुधबार,बैशाख ३०, २०८३
  • ज्ञानेन्द्रबहादुर कार्कीले भने:‘हतारमा बाफिया पास गरेर सुखद परिणाम आउँदैन’

    ज्ञानेन्द्रबहादुर कार्कीले भने:‘हतारमा बाफिया पास गरेर सुखद परिणाम आउँदैन’

    काठमाडौं– नेपाली काँग्रेसका सांसद तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले  हतार हतारामा बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक (बाफिया) पास गर्दा सुखद परिणाम नआउने बताएका छन्।

    आज (बिहीवार)अर्थ समितिमा भएको बाफियासम्बन्धि विधेयकको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हु्न । यस्तै उनले गम्भीरताका साथ अन्तर्र्राष्ट्रिय प्रचलनअनुसार कानुनहरू निर्माण गर्नुपर्ने र त्यसबाट मात्रै अर्थतन्त्र बलियो हुने समेत बताए।

    उनका अनुसार अर्थतन्त्र सुधारोन्मुख गराउन बाफिया विधेयकमाथि व्यापक रूपमा नयाँ ढंगले छलफल गरेर जानुपर्छ।

    ‘बाफियामा व्यापाक सुधार गरेर गर्नुपर्छ, जसले मुलुकको सुस्त रूपमा रहेको अर्थतन्त्रलाई गति दिन सक्नुपर्छ,’ उनले भने, ‘न्यून स्तरका कृषक, स्टार्टअपलाई कर्जा दिएर कसरी दिन सकिन्छ यसबारे सोच्नुपर्छ । गभर्नरसहित अर्थमन्त्रीलाई आवासीय कार्यक्रम राखेर बाफिया विधेयकमा छलफल गर्नुपर्छ।’

    कृषिमा आधारित अर्थतन्त्र रहेको देशमा चामलमा आत्मनिर्भर बनाउन कृषिमा कसरी लगानी गर्नसक्छौं भन्नेबारे सोच्न उनले आग्रह गरे।

    उनले बैंकप्रति जनताको भरोसा बढेर जानेगरी काम गर्नुपर्ने बताए।

    ‘बैंकमाथि जनताको भरोसा बढेर जानुपर्छ। यसमा ह्रास आयो भने राज्य फेल हुन्छ। बैंकमा तरलता छ तर कुनै व्यवसायी पैसा लिएर व्यवसायमा लगानी गर्न हिच्किएका छन्। उद्यमी व्यवसायीले पैसा लिने वातावरण नबनेसम्म अर्थतन्त्र बलियो हुन सक्दैन,’ उनले भने।

    ऋण लिन अहिले पनि जनतालाई सहज नरहेको उल्लेख गर्दै सांसद कार्कीले भने, ‘एक करोड तल ऋण लिन बैंकमा जनता जाँदा पाउन कठिन भइरहेको छ। धितोका नाममा धेरै दुःख दिने काम भइरहेको छ।