काठमाडौँ– आज (बिहीबार) तीनवटा संसदीय समितिको बैठक बस्ने तय भएको छ। जसअनुसार, बिहान ११ बजे बस्ने अर्थ समितिको बैठक बस्दैछ । बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ।
यस्तै, बिहान ११ बजे नै बस्ने अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विषय विज्ञहरूसँग प्रस्तुतीकरण र छलफल हुँने कार्यसूची छ।
यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठकमा पनि विविध विषयमा छलफल हुँदैछ।