निजामती विधेयकलाई राष्ट्रिय सभाबाट सुधार गर्नु पनुपर्छ : सांसद बडू - Chaitanya News
  • 2026-06-07
  • 22:37:41
  • आइतबार,जेठ २४, २०८३
  • निजामती विधेयकलाई राष्ट्रिय सभाबाट सुधार गर्नु पनुपर्छ : सांसद बडू

    निजामती विधेयकलाई राष्ट्रिय सभाबाट सुधार गर्नु पनुपर्छ : सांसद बडू

    काठमाडौँ– नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संसदीय समितिमा सर्वसम्मत भएको निर्णयमाथि जालझेल भएको आरोप लगाएका छन् ।

    आज (बुधबार) प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले संसदीय समितिमा सर्वसम्मत भएको निर्णयमाथि जालझेल भएको बताएका हुन् । यस्तै सांसद बडूले निजामती विधेयकलाई अब राष्ट्रिय सभाबाट सुधार गर्नु पर्ने समेत बताए।

    उनले भने ‘यत्रो समय लगाएर हामीले सर्वसम्मत रूपमा पारित गरेको निर्णयमाथि जालझेल भयो। यो जालझेलमा को–को जोडिएका छन् भन्ने पनि छानबिन हुनु पर्‍यो,’ उनले भने, ‘त्यसअघि कसरी यसलाई सच्याउने भन्नेमा पनि ध्यान दिनुपर्छ।

    गल्ती भएकै हो भन्ने स्वीकार गरेर सरकारले यसलाई सच्याउनु पर्ने बताएका उनले मन्त्रीले सरकारको तर्फबाट राष्ट्रिय सभामा संशोधनसहितको विधेयक पेश गर्नु पर्ने बताए। तर, अहिलेसम्मको प्रतिक्रिया देख्दा सरकारले यसमा सहयोग गर्ला जस्तो आफूलाई नलागेको उनको भनाइ छ।