काठमाडौँ– आज (बुधबार) संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक बस्ने तय भएको छ ।
जसअनुसार, बिहान ११ बजे बस्ने अर्थ समितिको बैठक बस्ने छ । बैठकमा समितिको वार्षिक प्रतिवेदन मस्यौदामाथि आन्तरिक छलफल हुने कार्यसूची छ।
त्यस्तै, बिहान ११ बजे नै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको ४४औँ बैठक बस्दैछ । बैठकमा नेपाल पर्यटन बोर्डको हालको अवस्था, कार्य प्रगति, चुनौती र आगामी योजनाबारे सम्बन्धित मन्त्रालय र बोर्डसँग छलफल गरिने कार्यसूची रहेको छ।
यसैगरी, बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ मा संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल हुने भएको छ।
महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो २ बजे बस्ने तय भएको छ । बैठकमा समितिको कार्य प्रगतिलगायतका विषयमा छलफल हुने कार्यसूची छ।
यसैगरी, पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा मध्य पहाडी राजमार्गको जाजरकोट खण्ड र भेरी नदीको पुल निर्माणको विषयमा छलफल गरिने कार्यसूची रहेको छ।