आज राष्ट्रिय सभाको बैठक बस्दै, यी हुन् कार्यसूची - Chaitanya News
  • 2026-05-13
  • 15:52:25
  • बुधबार,बैशाख ३०, २०८३
  • आज राष्ट्रिय सभाको बैठक बस्दै, यी हुन् कार्यसूची

    आज राष्ट्रिय सभाको बैठक बस्दै, यी हुन् कार्यसूची

    काठमाडौँ– आज (बुधबार) अपराह्न ११:१५ बजे संघीय संसद् राष्ट्रिय सभाको बैठक बस्ने तय भएको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ।

    बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयसहित विभिन्न मन्त्रालयको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।

    यस्तै, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

    यसैगरी, अर्थमन्त्री पौडेलले नै प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

    अर्थमन्त्री पौडेलले नै प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८०’ लाई पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ।

    यसैगरी, राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले ‘संघीय निजामती सेवा विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशसभा समक्ष टेबुल गर्ने कार्यसूची निर्धारण गरिएको छ।