निजामती विधेयकमा षड्यन्त्र भयो : माओवाद अध्यक्ष प्रचण्ड - Chaitanya News
  • 2026-06-07
  • 22:37:10
  • आइतबार,जेठ २४, २०८३
  • निजामती विधेयकमा षड्यन्त्र भयो : माओवाद अध्यक्ष प्रचण्ड

    निजामती विधेयकमा षड्यन्त्र भयो : माओवाद अध्यक्ष प्रचण्ड

    काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको आरोप लगाएका छन्।आज (मंगलबार) वाईसीएल नेपालको केन्द्रीय पदाधिकारी बैठकमा बोलदै उनले यस्तो बताएका हु्न् ।

    यस्तै प्रचण्डले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने समेत प्रष्ट्याए। छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने दाहालको भनाइ छ।

    उनले भने परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ। आज तपाईँहरूले संघीय निजामती विधेयकमा पनि हेर्नुभएको छ, त्यसमा षड्यन्त्र भएको छ। यो विधेयकमा कसले बदमासी गर्‍यो, त्यसको छानबिन गरी, चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनेतर्फ हामी लागेका छौँ।