गण्डकी प्रदेशका अर्थ सचिव राजेन्द्रदेव पाण्डेलाई मुख्यमन्त्री कार्यालयमा तानियो - Chaitanya News
  • 2026-11-16
  • 18:52:34
  • सोमबार,मंसिर ०१, २०८३
  • गण्डकी प्रदेशका अर्थ सचिव राजेन्द्रदेव पाण्डेलाई मुख्यमन्त्री कार्यालयमा तानियो

    गण्डकी प्रदेशका अर्थ सचिव राजेन्द्रदेव पाण्डेलाई मुख्यमन्त्री कार्यालयमा तानियो

    काठमाडौँ– गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेलाई मुख्यमन्त्री कार्यालयमा पठाइएको छ। सचिव पाण्डेलाई कामकाजका लागि मुख्यमन्त्री कार्यालयमा पठाइएको हो।

    मन्त्रिपरिषद् बैठकले उनलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको हो।

    मन्त्रालयबाट मुख्यमन्त्री कार्यालयमा झिकाइएका सचिव पाण्डेलाई तत्काल कुनै जिम्मेवारी भने तोकिएको छैन। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तत्काल कुनै जिम्मेवारी नदिइएको बताएको छ।

    स्रोतका अनुसार, आर्थिक मामिला मन्त्रालयमा भने उपसचिव डिल्लीराम रिज्याललाई आर्थिक र प्रशासनिक अधिकारसहित निमित्तको जिम्मेवारी दिइएको छ।