निजामती सेवा विधेयकलाई अनधिकृत रूपमा परिवर्तन गर्नु गम्भीर अपमान हो : डा.कोइराला - Chaitanya News
  • 2026-06-07
  • 22:37:26
  • आइतबार,जेठ २४, २०८३
  • निजामती सेवा विधेयकलाई अनधिकृत रूपमा परिवर्तन गर्नु गम्भीर अपमान हो : डा.कोइराला

    निजामती सेवा विधेयकलाई अनधिकृत रूपमा परिवर्तन गर्नु गम्भीर अपमान हो : डा.कोइराला

    काठमाडौँ– नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सर्वसम्मतिबाट संसदमा पेस भई पारित भएको निजामती सेवा विधेयकलाई अनधिकृत रूपमा परिवर्तन गर्नु संसदप्रति गरिएको गम्भीर अपमान भएको बताएका छन्।

    उनले आज (मंगलबार) सामाजिक सञ्जालमा एक स्टाटस् लेख्दै भनेका छन् “यो कुनै सामान्य घटना होइन, देश र जनताप्रति गरिएको गम्भीर अपराध र सार्वभौम संसदप्रति देखाइएको अपमान हो।”

    उनले उक्त घटनासँग जोडिएकालाई तुरुन्तै हदैसम्मको कारबाही अगाडि बढाउनुपर्ने माग गर्दै परिवर्तन गरिएको व्यवस्था तत्काल हटाई विधेयकलाई पुरानै अवस्थामा फर्काउन सरकारसँग आग्रह समेत गरेका छन्।