काठमाडौँ– आज (मंगलबार) संघीय संसद्अन्तर्गत दुई वटा संसदीय समितिको बैठक बस्दैछन्।
जसअनुसा्, बिहान १० बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ।
यस्तै, बिहान ९ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ।