काठमाडौँ– लुम्बिनी प्रदेश सभाको छैठौँ अधिवेशन अन्तर्गत चौधौँ बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे बस्न तय भएको छ।
आजको बैठकमा आर्थिक वर्ष २०८२–०८३ को बजेटमाथि सैद्धान्तिक छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ। प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरका अनुसार बैठकमा दुईवटा मुख्य कार्यसूची छ।
यस्तै आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले वक्तव्यसहित‘आर्थिक वर्ष २०८२–०८३ को राजस्व र व्ययको वार्षिक अनुमान’ माथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेस गर्नेछन्। सो प्रस्तावमाथि सभामा छलफल हुनेछ भने छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ मन्त्री कार्की स्वयंले दिने कार्यसूचीमा समावेश गरिएको छ।
कार्यसूचीअनुसार मन्त्री कार्कीबाट‘आर्थिक वर्ष २०८२–०८३ को विनियोजन विधेयक’ पनि प्रदेश सभामा पेस गरिनेछ ।