यस्ता छन् आइतबार प्रतिनिधि सभाबाट पारित संघीय निजामती विधेयकमा संशोधन - Chaitanya News
  • 2026-06-07
  • 22:37:10
  • आइतबार,जेठ २४, २०८३
  • यस्ता छन् आइतबार प्रतिनिधि सभाबाट पारित संघीय निजामती विधेयकमा संशोधन

    यस्ता छन् आइतबार प्रतिनिधि सभाबाट पारित संघीय निजामती विधेयकमा संशोधन

    काठमाडौँ– लामो समयदेखि राजनीतिक नेतृत्व र कर्मचारी वृत्तका लागि जटिल बन्दै आएको निजामती सेवा विधेयक २०८२ बहुमतले पारित भएको छ । हिजो (आइतबार) हिजो (आइतबार) प्रतिनिधि सभाले पारित गरेको विधेक अब राष्ट्रिय सभामा पठाइने तयारी भइरहेको छ ।

    सरकारले २०८० फागुन २१ मा पुनः विधेयक संसदमा पेश गरेको थियो। निजामती सेवामा मात्रै लागू हुने गरी कुलिङ अफ पिरियडको प्रावधान राख्नु उपयुक्त नहुने मतका कारण यो विधेयक केही समय समिति र संसदमा अड्किएको थियो। तीव्र बहसपछि अन्ततस् समितिको प्रतिवेदनअनुसार नै प्रतिनिधि सभाले विधेयक पारित गरेको छ।

    यो विषयले अब राष्ट्रिय सभामा थप छलफलको अवसर पाउने भएको छ।

    यी हुन् २०८० मा संसदमा पेश भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक