काठमाडौँ– आज (सोमबार) संघीय संसद्अन्तर्गत चारवटा संसदीय समितिहरूको बैठक बस्दैछन्।
जसअनुसार, बिहान साढे ८ बजे सुरु भएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, बिहान ८ बजे नै बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त)बैठकमा सर्वोच्च अदालतका सुनुवाइ हुन बाँकी प्रस्तावित न्यायाधीश र न्याय परिषद् सदस्यको सुनुवाइ गर्ने कार्यसूची छ रहेको छ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । आजको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग छलफल हुँदै छ ।
यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक पनि ११ बजे बस्दैछ । बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची छ ।