काठमाडौं– मंगलबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर रहेको छ। सुन प्रतितोला २ सय रुपियाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख रुपियाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ।
त्यसैगरी चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपियाँमा कारोबार भइरहेको छ। चाँदी हिजो पनि आजैको मूल्यमा कारोबार भएको महासंघले जनाएको छ।