निजामती कर्मचारीको संख्या घटाएर सुविधा बढाउनु पर्ने सांसद भण्डारीको माग - Chaitanya News
  • 2026-06-08
  • 00:13:55
  • आइतबार,जेठ २४, २०८३
  • निजामती कर्मचारीको संख्या घटाएर सुविधा बढाउनु पर्ने सांसद भण्डारीको माग

    निजामती कर्मचारीको संख्या घटाएर सुविधा बढाउनु पर्ने सांसद भण्डारीको माग

    काठमाडौँ– प्रतिनिधि सभा सांसद डा.चन्द्रकान्त भण्डारीले संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा निजामती कर्मचारीको संख्या घटाएर सुविधा बढाउनुपर्ने माग गरेका छन्। आज (आइतबार) संसद् बैठकमा बोल्दै भण्डारीले संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा निजामती कर्मचारीको संख्या घटाएर सुविधा बढाउनुपर्ने बताएका हुन् ।

    यस्तै उनले भने, “निजामती कर्मचारीको संख्या घटाउनुपर्छ र सुविधा बढाउनुपर्छ। अहिलेको सुविधाले कर्मचारीले काम गर्न र आफ्ना सन्तान पढाउन सक्दैनन्। यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो।”

    उनले कर्मचारी संख्या बढाउने प्रवृत्तिले मुलुकलाई फाइदा नगर्ने बताए। “हामी संख्या बढाउने बाटोमा गएका छौँ, यसले हामीलाई राम्रो गर्दैन,” उनले भने।