दही–चिउरा खाँदा स्वास्थ्यलाई के फाइदा हुन्छ ? - Chaitanya News
  • 2026-05-25
  • 05:56:10
  • सोमबार,जेठ ११, २०८३
  • दही–चिउरा खाँदा स्वास्थ्यलाई के फाइदा हुन्छ ?

    दही–चिउरा खाँदा स्वास्थ्यलाई के फाइदा हुन्छ ?

    काठमाडौं– मानो रोपेर मुरी फलाउने दिन अर्थात् आज असार १५। कृषकहरुले काम गर्दै दही–चिउरा खाएर मनाउने यो दिन गैरकृषकका लागि भने ‘खाने पर्व’का विकसित हुँदै गएको छ।

    नेपाली समाजमा खेतमा रोपाइँ गरी दही चिउरा खाएर मनाउने परम्परा छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि दही चिउरा खाएर आजको दिन मनाउने गर्दछन्। हामीले मनाउने विभिन्न चाड पर्वको छुट्टै मूल्य मान्यता भएपछि यस दिन खाने परिकारको पनि विशेष महत्त्व हुन्छ।

    दहीमा पाइने स्वास्थ ब्याक्टेरियाले पाचन क्रियालाई सहयोग पुर्याउँछ। दही चिसो हुने भएकाले यसले मसलेदार खानेकुराको असरलाई कम गर्दछ।

    आजको दिनलाई किसानले विशेष रूपमा दही चिउरा खाने पर्वको रूपमा मनाउने गरेका छन्। ग्रामीण क्षेत्रमा रोपाइँ गर्ने किसान मात्रै होइन रोपाइँ नगर्ने सहरमा बस्ने पनि आज दही चिउरा खाएर यो दिनलाई विशेष दिनको रूपमा मान्ने गर्दछन्।

    दहीमा हुने रासायनिक पदार्थले पाचन प्रक्रियालाई सहज बनाउँछ। दहीमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्त्वका कारण पनि यो स्वास्थ्यका लागि फाइदाजनक हुनेगर्छ। दहीमा पाइने स्वास्थ ब्याक्टेरियाले पाचन क्रियालाई सहयोग पुर्याउँछ। दही चिसो हुने भएकाले यसले मसलेदार खानेकुराको असरलाई कम गर्दछ। त्यसैले दही चिउरा खाँदा मिठो मात्र होइन, यसले स्वास्थ्यका लागि पनि निकै फाइदा गर्छ।

    दही चिउरा खानुको फाइदा:
    – दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, भिटामिन प्राप्त हुन्छ।
    – चिउरामा आइरनको मात्रा बढी हुन्छ। त्यसकारण दहीमा मिसाएर खाँदा लाभ मिल्छ।
    – दहीको सेवनबाट पेटको गर्मीमा पनि कमी ल्याउँछ। यसले शरीरमा शीतलता प्रदान गर्छ।
    – गर्मीमा दही पिएर घरबाट निस्किँदा ‘लू’ लाग्ने खतरा पनि कम हुन्छ। मांसपेशी बलियो बनाउँछ। त्यस कारण दही खानु निकै फाइदाजनक मानिन्छ।
    – चिउरा सजिलै पच्ने भएकाले पाचनमा समस्या हुनेले दहीसँग प्रयोग गर्न सकिन्छ।
    – दहीले रोग प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि गर्छ। यसले एलर्जीको समस्यामा पनि फाइदा गर्छ। निन्द्रा नलाग्ने समस्याबाट टाढा राख्छ।
    – चिउरामा कार्बोहाइड्रेड भएकाले दहीमा मिसाएर खाँदा शरीरमा शक्ति प्रदान गर्दछ।
    – दहीमा चिउरा मिसाएर खाँदा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

    दहीले रोग प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि गर्छ। यसले एलर्जीको समस्यामा पनि फाइदा गर्छ। निन्द्रा नलाग्ने समस्याबाट टाढा राख्छ।

    – पखाला लागेको समयमा दही खानु उपयुक्त हुन्छ ।
    – पखाला लागेको समयमा दहीको सेवन गरे यसले पखाला नियन्त्रण गर्छ।
    – दही चिउराको सेवन गर्दा धेरै बेरसम्म भोक नलाग्ने र रगतमा सुगरको सञ्चार ढिलो गराउने हुन्छ।
    – ढाँड तथा जोर्नीको दुखाइमा नियमित रूपले दही सेवन गर्दा फाइदा पुग्छ।
    – चिउरामा दही समावेश गर्दा यसले शरीरलाई रिल्याक्स हुन मद्दत गर्दछ।