सरकारद्धारा कर्जा असुली न्यायाधिकरण गठन - Chaitanya News
  • 2026-07-02
  • 09:04:53
  • बिहिबार,आषाढ १८, २०८३
  • सरकारद्धारा कर्जा असुली न्यायाधिकरण गठन

    सरकारद्धारा कर्जा असुली न्यायाधिकरण गठन

    काठमाडौँ– कर्जा असुली न्यायाधिकरण गठन भएको छ । सरकारले कृतिबहादुर विष्टको अध्यक्षतामा कर्जा असुली न्यायाधिकरण गठन गरेको हो।

    आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा विष्टको अध्यक्षतामा कर्जा असुली न्यायाधिकरण गठन गरेको एक मन्त्रीले जानकारी दिए।

    न्यायाधिकरणको सदस्यहरूमा धनकुटाका वसन्त पराजुली र तनहुँका गोविन्द शर्मा गैरै रहेका छन्।