भोलि नागरिकता विधेयक पास गर्ने प्रतिनिधिसभाको कार्यसूची - Chaitanya News
  • 2026-05-13
  • 16:31:09
  • बुधबार,बैशाख ३०, २०८३
  • भोलि नागरिकता विधेयक पास गर्ने प्रतिनिधिसभाको कार्यसूची

    भोलि नागरिकता विधेयक पास गर्ने प्रतिनिधिसभाको कार्यसूची

    काठमाडौँ– भा्लि (शनिबार) नागरिकता विधेयक पास गर्ने प्रतिनिधिसभाको कार्यसूची रहेको छ । सङ्घीय संसद् सचिवालयले (शनिबार) बस्ने बैठकको सम्भावित कार्यसूची निकालेको हो। कार्यसूचीमा गृहमन्त्री रमेश लेखकले ‘राज्य व्यवस्था समितिको प्रतिवेदनसहितको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने उल्लेख छ।

    त्यस्तै गृहमन्त्री लेखकले छलफल सकेर ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२’लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पनि पेस गर्ने सम्भावित कार्यसूची छ।

    त्यो बाहेक बैठकमा ‘आर्थिक विधेयक, २०८२’ माथिका संशोधनहरूमाथि छलफल गर्ने र निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।