काठमाडौँ– निजी विद्यालय सञ्चालन र व्यवस्थापनको विषयमा सहमति जुटेको छ ।
आज (शुक्रबार) प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सो सहमति भएको हो।
सेवामूलक, लोककल्याणकारी क्रमशः गैर नाफामूलक बनाएर जाने गरी निजी विद्यालय सञ्चालन गर्ने विषय समितिबाट सर्वसम्मत पारित भएको स्रोतले बताएको छ।