काठमाडौँ– आज (शुक्रबार) संघीय संसद्अन्तर्गत चारवटा समितिको बैठक बस्ने तय भएको छ। बिहान ९ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ।
यस्तै, बिहान साढे ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आर्थिक वर्ष २०८२–०८३ को बजेट वक्तव्यमा उल्लेखित कालिगण्डकी तिनाउ नदी पथान्तरण आयोजनाको अवस्था सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।
यस्तैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान साढे ११ बजे नै बस्ने तय भएको छ । बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुने कार्यसूची रहेको छ।
यसैगरी बिहान ११ बजे नै बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० समितिको बैठकमा सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीशविरुद्ध परेको उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची छ।