विनियोजन विधेयक २०८२ राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत - Chaitanya News
  • 2026-05-13
  • 16:55:35
  • बुधबार,बैशाख ३०, २०८३
  • विनियोजन विधेयक २०८२ राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत

    विनियोजन विधेयक २०८२ राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत

    काठमाडौँ– विनियोजन विधेयक २०८२ राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत भएको छ । राष्ट्रिय सभाको आज बिहीबार) को बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृतगरेको हो।

    त्यसअघि उक्त प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूको उठाएको प्रश्नको जवाफ दिँदै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनमुखी र सन्तुलित रहेको बताएका छन्।

    उनले बजेट यथार्थपरक र बजेटका अनुमानले नतिजाप्राप्त हुनसकोस भनेर मन्त्रालयले ध्यान दिएको उल्लेख गरे ।

    उपप्रधानमन्त्री पौडेलले न्यायपूर्ण विनियोजनका पक्षमा रहेर बजेट आएको दाबी गरे। उनले भने, “यो बजेट कार्यान्वयन हुने आधारसहित आएको छ। बजेटको आकार निर्माण गर्दा स्रोत व्यवस्थापनलाई व्यवहारिक रूपमा संयमित र सन्तुलित बनाइएको छ, बजेट निर्माणमा अनुशासन पालना गरिएको छ।

    उपप्रधानमन्त्री पौडेलले बजेट कार्यान्वयन अर्थ मन्त्रालयको मात्र नभई समग्र मन्त्रालयको साझा जिम्मेवारी रहेको भन्दै सबैले जिम्मेवारीपूर्वक बजेट कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए।