यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार आङ छिरिङ शेर्पालाई - Chaitanya News
  • 2026-11-17
  • 03:11:41
  • सोमबार,मंसिर ०१, २०८३
  • यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार आङ छिरिङ शेर्पालाई

    यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार आङ छिरिङ शेर्पालाई

    काठमाडौं– यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाले पाएका छन् ।

    आज (बिहीबार) काठमाडौंमा पत्रकार सम्मेलन गरी मदन भण्डारी फाउण्डेशनले यसबारे जानकारी दिएको हो।

    फाउण्डेशनका सचिवालय सदस्य रामशरण प्याकुरेलका अनुसार ४७ वर्षीय शेर्पा ४७ वर्षदेखि वातावरण र जलवायु परिवर्तनको मुद्दामा सक्रिय छन्।

    पर्यटन व्यवसायी समेत रहेका शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ खुम्जुङ्ग गाउँका बासिन्दा हुन्।
    शेर्पाले करिब १५ वर्षसम्म नेपाल पर्वतारोहण संघको नेतृत्व गरेका थिए।

    शेर्पालाई असार १४ गते जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा १ लाख रुपैयाँ नगदसहित सम्मान गरिने बताए।