गण्डकी– गण्डकी प्रदेश सभामा प्रदेश सरकारको आगामी वर्ष २०८२–०८३ को बजेट तथा मन्त्रालयगत विनियोजनमाथि छलफल जारी छ।
प्रदेश सभाको आजको बैठकमा मन्त्रालयगत विनियोजनका विषयमा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।
वटा मन्त्रालयका मन्त्रीले आज र बाँकीले शुक्रबारको बैठकमा जवाफ दिने उनले बताए। यही असार १ गते प्रस्तुत भएको आगामी आवको बजेटमाथि असार ४ गतेदेखि प्रदेश सभामा छलफल सुरू भएको थियो। बजेट र मन्त्रालयगत विनियोजनमाथिको छलफल सकिएपछि बजेट पारितका लागि प्रदेशसभा बैठकमा निर्णायार्थ पेस हुने प्रदेश सभा सचिवालयले जनाएको छ।