काठमाडौँ – आज (सोमवार) दुईवटा संसदीय समितिको बैठक बस्दैछन् । जुअनुसार, बिहान ८ बजे संयुक्त समितिको बैठक बस्दैछ । बैठकमा समितिको वार्षिक प्रतिवेदन, २०८२ को मस्यौदा, समितिको स्थलगत अनुगमन भ्रमणको प्रतिवेदन र समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको संघीय सचिवालयले जनाएको छ।
यस्तै, बिहान ९ बजे अर्थ समितिको बैठक बस्ने तय भएको छ । बैठकमा आर्थिक विधेयकमार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको निवेदनमा छलफल हुने कार्यसूची रहेको छ।
बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल गर्ने कार्यसूची रहेको छ।