निर्वाचन प्रणाली बदलेर नयाँ स्वरूपमा जानुपर्ने : सांसद शाही - Chaitanya News
  • 2026-05-13
  • 20:33:34
  • बुधबार,बैशाख ३०, २०८३
  • निर्वाचन प्रणाली बदलेर नयाँ स्वरूपमा जानुपर्ने : सांसद शाही

    निर्वाचन प्रणाली बदलेर नयाँ स्वरूपमा जानुपर्ने : सांसद शाही

    काठमाडौँ– सांसद महेन्द्र शाहीले निर्वाचन प्रणाली बदलेर नयाँ स्वरूपमा जानुपर्ने बताएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    यस्तै उनले विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत आज तोकिएका विषयका बारेमा विचार राख्दै शाहीले निर्वाचन प्रणालीकै कारण सुशासनमा समस्या भएकोलगायत विकृतिका बारेमा चर्चा हुने गरेकाले यसलाई बदल्नुपर्ने बताए।

    वार्षिक पुँजी वृद्धि कसरी गर्न सकिन्छ भन्नेतिर ध्यान नगएको, जम्मा भएको राजस्व बाँड्ने मात्र अर्थमन्त्रीको काम हो कि जस्तो भान पार्न नहुने पनि उनले सुनाए।