लोकसेवामा छिरीसकेपछि लोकसेवामा नै मेरो भविष्य छ भन्ने कुरा कहिले भुल्नु हुँदैन :  धन ब गिरी - Chaitanya News
  • 2026-06-08
  • 00:22:51
  • आइतबार,जेठ २४, २०८३
  • लोकसेवामा छिरीसकेपछि लोकसेवामा नै मेरो भविष्य छ भन्ने कुरा कहिले भुल्नु हुँदैन :  धन ब गिरी

    लोकसेवामा छिरीसकेपछि लोकसेवामा नै मेरो भविष्य छ भन्ने कुरा कहिले भुल्नु हुँदैन :  धन ब गिरी

    लोकसेवा तयारी गरेर निजामती सेवामा प्रवेश गर्ने सबैको चाहाना हुन्छ । पछिल्लो समय युवाहरुमा लोकसेवा आयोग प्रतिको भरोसा, विश्वासा बढीरहेको छ । लोकसेवामा निष्पक्ष प्रतिस्पर्धा हुने भएकाले होला दूर दराजमा रहेका युवाहरुको समेत एकमात्रै रोजाई लोकसेवा बनेको छ । सरकारी जागिर खाने चाहानालाई साकार पार्न हजारौं परीक्षार्थीहरु परीक्षामा सामेल हुन्छन् । तर, केही मात्रै सफल हुन्छन् । असफल हुने केही परीक्षार्थीहरुले यो कठिन झमेलामा फस्न चाहादैनन् तर, कुनै असफल परीक्षार्थीहरु एक र अनेकौं पटकको असफलताबाट आत्तिँदैनन् र पढीरहन्छन्, परीक्षामा सामेल भइरहन्छन् । अन्ततः सफलता हासील गरिछाड्छन् । त्यसो भए लोकसेवा परीक्षामा सफल हुनको रहस्य के छ त ? यिनै विषयमा केन्द्रित रहेर चैतन्य खबरका लागि निर्मला कडायतले उपसचिव धन बहादुर गिरीसँग गरेको संवादको सम्पादित अंश:

    1– तपाईं निजामती सेवाको जिम्मेवार तह उपसचिवमा नाम निकाल्न सफल हुनु भएको छ, यो सफलतालाई कसरी लिनुहुन्छ ?

    निजामती सेवा मार्फत जनताको सेवा गर्न पाउनु आफैमा गर्वको कुरा हो । निजामती सेवामा प्रवेश गरेर आफुले आफ्नो ठाउँमा सहयोगहरु गर्न पाउँनु नै महत्वको कुरा हो । यो अवसर पनि हो, जिम्मेवारी पनि हो र चुनौती पनि संसँगै जोडिएको हुन्छ । म खुसी छु गर्वको महसुस गरेको छु ।

    2–तपाईं लोकसेवाका विभिन्न तह पार गर्दै उपसचिव भइसक्नु भयो, लोकसेवा तयारी गरीरहनु भएका परीक्षार्थीलाई सफलता प्राप्तिका लागि के गर्नु पर्छ भन्ने सन्देश दिनुहुन्छ र कसरी तयारी गर्दा लोकसेवामा नाम निकाल्न सकिन्छ होला ?

    पहिलो कुरा त पढाईलाई  निरन्तर गर्न जरुरी छ । पढाईलाई बिचमा कहिले पनि छोड्नु हुँदैन । अर्को म लोकसवा नै पढ्छु, लोकसेवामा नै मेरो भविष्य छ भन्ने सकारात्मक सोच बनाएर पढ्नुपर्छ लोकसेवामा अवश्य सफल भईन्छ । लोकसेवा परीक्षा अरु परीक्षा भन्दा फरक हुने भएकाले यसमा मेहेनत धेरै गर्नुपर्छ । मैले ५ वर्ष ल पढे पछि ल सकिन बित्तिकै अफिसरको तयारी गरे पहिलो तयरी मा नै मेरो नाम निस्कियो । फेरि अहिले खुलेको विज्ञापनमा पनि पहिलो प्रयासमा नै उपसचिवमा नाम निकाल्न सफल भएँ । एक–दुई पटकको असफलतामा निराश भएर हार मान्नु हुँदैन। असफलताले मानिसलाई परिपक्व बनाउँछ। आफ्नो सकारात्मक कुरा, नकारात्मक कुरा, आफ्नो विज्ञता र कमजोरीको मूल्याङ्कन आफैँले गर्नुपर्छ र कमजोरीलाई सुधार गर्दै जानुपर्छ। आफुलाई मनपर्ने विषय र सहज लाग्ने विषयबाट सुरु गरेर जटिल विषयमा प्रवेश गर्नुपर्छ। अध्ययन तालिका बनाएर पढ्दा राम्रो हुन्छ।  हातमा किताब भएको वेला ध्यान पनि किताबमा नै हुनुपर्छ।  अर्को सम्बन्धित विषयक्षेत्रको विषयगत मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयो, लोकसेवा आयोग आदिका वार्षिक प्रतिवेदनहरु, समिक्षाहरु, राष्ट्र बैंकका मौद्रिक नीति, समितिका प्रतिवेदनहरु, सम्बन्धित विषय विज्ञहरुका पत्रपत्रिकामा प्रकाशित लेखहरु लगायत विभिन्न सन्दर्भ सामाग्रीको पाठ्यक्रमले उल्लेख गरेका विषयमा समिक्षात्मक ढंगले पढ्ने र लेख्ने गरी तयारी गर्नु पर्दछ।

    3–पढाईको सुरुवात कसरी गर्दा सहज हुन्छ ?

    पहिलो कुरा त पाठयक्रमलाई बुझेर मात्रै पढ्नु पर्छ । उपसचिव, शाखा अधिकृत, सहसचिव जुनसुकै पदमा आवेदन दिन्छौ ति सँग सम्बन्धित बजारमा पाईने पाठ्यपुस्तकहरु, विभिन्न मन्त्रालयका वार्षिक प्रतिवेदनहरु, लेख रचनाहरु, पत्रपत्रिकाहरु, राष्ट्रिय अभ्यासहरु आदि समिक्षाआत्मक ढंङगले पढ्नुपर्छ । यी सबैलाई मिलाएर एउटा आफैले आफ्नै तरीमाले नोटहरु बनाएर पढ्नुपर्छ ।  पढाई र लेखाइलाई निरन्तर रुपमा अगाडि बढाउनु पर्छ र पढाईलाई विचमा छोड्यौं भने पढाई बिग्रीन्छ । पढाईमा निरन्तरता र लगनशीलता आवश्यक हुन्छ, धैर्यता गर्न सक्नु पर्छ । लेखन सुुद्धध र सफा लेखनसीलको पनि आवश्यकता पर्दछ ।

    4– पुस्तकको छनोट कसरी गर्ने ?

    माथिल्लो तहको पढाईका लागि एक–दुई पुस्तक मात्रै पढेर सम्भव  हुँदैन् त्यसका लागि बजारमा पाईने अधिकांस पाठ्यपुस्तकहरुलाई संकलन गरेर आफ्नो ढङ्गले त्यसलाई बुझ्ने र पढ्ने लेख्ने बानिको विकास गर्नुपर्छ । पढाईको सिलसिलामा सकेसम्म आधिकारिक पुस्तक, विभिन्न मन्त्रालयका वेभसाईटहरू संवैधानिक आयोग तथा अन्य विषयसँग सम्बन्धित आयोगका वेभसाइटहरू, विज्ञका लेखहरू र पत्रपत्रिकामा आएका समाचार र विचारहरू हेर्ने गर्नुपर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, विश्वव्यापी मूल्य मान्यता लगायतका विषयहरू हेर्नुपर्छ । अहिले लिखित पत्रलाई नै बढी महत्व दिएको हुनाले लिखितको नै अभ्यास बढी गर्नुपर्छ । प्रथम पत्रको हकमा भने दोहोर्‍याई रहने, समसामयिक गतिविधिमा ध्यान दिने, टिपोट गर्ने निरन्तर अभ्यास गर्ने लगायतका कार्य गर्नुपर्छ ।

    5– दिमागमा बस्ने गरी पढ्नका लागि उपयुक्त समय कुन हुन सक्छ ?

    पढ्ने त सबैको आ–आफ्नो समय र तरीका हुन्छ । पढ्दा दिमागमा कुनै पनि कुराको तनाव लिनु हुँदैन । पढ्दा पढाई बाहेक अन्त ध्यान दिनु हुँदैन । कोही १२ घण्टा पढेर बस्ने पनि हुनुहुन्छ भने कोही २ घण्टा मात्रै पढ्ने पनि हुनुहुन्छ । म अलि व्यस्त मान्छे थिए । अफिस जानु पथ्र्यो मैले व्यस्त भएपनिी बेलुका २ घण्टा जहिले पनि पढाईलाई दिएको थिए । तर परीक्षाको समयमा चाहीँ पढाईलाई अलि धेरै समय दिन्छु ।

    6– पढेको कुरा कसरी सम्झिने ?

    पढ्दा सहज हुने तरीकाले पढ्नुपर्छ । पढ्दा दिमागमा अनावश्यक कुराहरु खेलाउनु हुँदैन । पढ्दा फरक–फरक तरीकाले पढ्नुपर्छ । जस्तै युटुव भिडियोबाट पढ्ने, विज्ञका अर्टिकलहरु हेर्ने, पढ्दा एकोहोरो नपढ्ने बिचमा टाइम टाइममा ब्रेक लिने, दोहो¥याएर पढ्ने र पढेको विषयवस्तुलाई वुदागत रुपमा डायरीमा  टिपेर पढ्ने, बजारमा उपलब्ध सामाग्रीहरु, विभिन्न लेख रचानाहरु, संवैधनिक आयोगका प्रतिवेदनहरु, वार्षिक नीति कार्यक्रमहरु, पढेर राम्रो नलेज बनाउनु पर्छ । पढेको विषय वस्तुमा रुचि लगाएर पढ्नु पर्छ ।

    7– अरु भन्दा भिन्न र राम्रो उत्तर कसरी लेख्र्ने ?

    परिक्षामा अनावश्यक कुराहरु नलेखेर प्रश्नले मागेको कुराहर मात्रै लेख्ने, सके सम्म उत्तरलाई छोटो र बुझिने गरेर लेख्नु पर्दछ । प्रश्ने बुझेर मात्रै उत्तर लेख्नु पर्दछ । हतार गर्नु हुँदैन । आत्तिनु हुँदैन । प्रश्नको सुरुवातमा भूमिका वा पृष्ठभूमि दिएको भएमा प्रश्न पढ्दा मुख्य विषय अन्डरलाईन गर्ने, प्रश्नको खण्ड नछुट्याएको भए छुट्याउने गर्नु राम्रो हुन्छ ।

    8– बुँदागत वा विश्लेषणात्मक कुन उत्तर राम्रो मानिन्छ  ?

    लेख्दा अलि खदीलो वाक्यमा  लेख्नुपर्छ । अर्थ नै नलाग्ने धेरै छोटो वाक्य पनि लेख्नु हुँदैन । वाक्य अफिसियल भाषामा अर्थपुर्ण, सरल ढंगबाट लेख्दा उपयुक्त हुन्छ । आवश्यकता अनुसार उदाहरण, तथ्य तथ्याङ्क वा तर्कले पुष्टि गर्ने गरि लेख्नु राम्रो हुन्छ ।

    9– कतिपयलाई आफ्नो अक्षर राम्रो नभएकोमा तनाव हुन्छ भने, कतिपयले राम्रो अक्षर भएकै कारण परीक्षामा राम्रो नम्बर पाउने विश्वास पनि गरिरहेका हुन्छन् । अक्षर र शुद्धाशुद्धीले नतिजामा फरक पार्छ कि पार्दैन ?

    अक्षर मात्रै सबै करा हो भन्ने पनि हुँदैन, अक्षर जस्तोसुकै भए पनि हुन्छ भन्ने पनि हुँदैन । अक्षेर हेर्दा राम्रो देखिने, बुझिने हुनुपर्छ । अक्षर आम्रो बनाउँछु ढिलो लेख्छु भनेर सोच्नु हुँदैन परीक्षामा समय एकदम महत्वपूर्ण हुन्छ । नतिजा राम्रो बनाउन दुवै राम्रो हुन आवश्यक छ । परिक्षामा लेख्दा खेरि लोकसेवाको नियम भित्र  लेख्नुपर्छ । लेख्दा धेरै केरमेट गर्नु  हुँदैन।

    10–अन्त्यमा लोकसेवा तयारी गरिरहनु भएका परीक्षार्थीलाई के भन्न चाहानु हुन्छ ?

    सबैभन्दा पहिला त लोकसेवामा चाहाना हुन जरुरी छ । लोकसेवामा छिरीसकेपछि लोकसेवामा नै मेरो भविष्य छ  भन्ने कुरा कहिले भुल्नु हुँदैन । भए लोकसेवा नभए अरु विकल्प छ भन्ने तरीकाले सोच्नु भयो र पढ्नु भयो भने लोकसेवा परीक्षामा कहिले पनि सफल भइदैन । अर्को गतिशिलता, लगनशिलता, धैर्यता र निरन्तरता हुन जरुरी छ । बजारमा हल्ल भए जस्तो तेस्तो सारै अप्ठेरो पनि हुँदैन लोकसेवा परीक्षा। परीक्षामा आफ्नै मौलिकता दिदा राम्रो हुन्छ । तयारी गर्दा अन्त मन नडुलाउने, लोकुेवाका क्लासहरु लिने, लोकसेवा पढ्ने नै हो भने सिरीयस भएर पढ्नु पर्छ । हरेक विषयबस्तुलाई पढ्न सकेउ, बुझ्न सकेउ र त्यसलाई प्रस्तुत गर्न सकेउ भने अवश्य पनि लोकसेवामा सफलता प्राप्त हुन्छ ।