काठमाडौँ– नेकपा एमाले निकट शिक्षकहरूको संस्था नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको अध्यक्षमा हंसबहादुर शाही निर्वाचित भएका छन्।
नयाँ निर्वाचित कमिटीको वरिष्ठ उपाध्यक्षमा जङ्गबहादुर गर्बुजा, उपाध्यक्षमा गोविन्द भण्डारी, महिला उपाध्यक्षमा अम्बिका चापागाईँ निर्वाचित भएका छन् भने सङ्गठनको महासचिवमा प्रकाश खनाल, कोषाध्यक्षमा नरबहादुर रावल, उपमहासचिवमा श्रीराम दाहाल, खुला सचिवमा बामदेव सुवेदी, महिला सचिवमा वेणु काफ्ले निर्वाचित भएका छन्।







