प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची - Chaitanya News
  • 2026-05-13
  • 20:34:43
  • बुधबार,बैशाख ३०, २०८३
  • प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ– आज (आइतबार) बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने तय भएको छ। बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने कार्यसूची छ।

    जसअनुसार बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विनियोजनमाथिको छलफल हुनेछ । यस्तै, सांसदहरूले राखेको खर्च कटौतीको प्रस्तावसमेत पेस हुने कार्यसूची रहेको छ।

    यसैगरी, सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाअन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्नेछ। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची तय भएको छ।