नेपाल प्रहरीमा थप ६७७ जनाका लागि भर्ना खुल्यो - Chaitanya News
  • 2026-06-08
  • 00:14:23
  • आइतबार,जेठ २४, २०८३
  • नेपाल प्रहरीमा थप ६७७ जनाका लागि भर्ना खुल्यो

    नेपाल प्रहरीमा थप ६७७ जनाका लागि भर्ना खुल्यो

    काठमाडौं– नेपाल प्रहरीमा थप ६७७ जनाका लागि भर्ना खुलेको छ । आज (शुक्रबार) प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले एक सूचना जारी गर्दै नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदमा नयाँ भर्नाका लागि पद संख्या थप गरेको हो।

    सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नका लागि पहिले माग गरिएको १ हजार १६५ पदमा थप ६७७ पद थप गर्ने निर्णय गरिएको जानकारी दिएको हो।

    यो सँगै अब कुल १ हजार ८४२ जनालाई प्रहरी जवान बन्ने अवसर प्राप्त हुनेछ।

    यस्तै, समावेशी कोटामा आदिवासीरजनजातिका लागि २६०, मधेसीका लागि २२८, महिलाका लागि १६२, दलितका लागि १२२, पिछडिएको क्षेत्रका लागि ४० र अमर तथा अशक्त प्रहरी परिवारका लागि ३७ पद छुट्याइएको छ।