काठमाडौँ– आज (शुक्रबार) संघीय संसदको प्रतिनिधि सभा अन्तर्गत रहेका दुई वटा संसदीय समितिको बैठक बस्दैछन् ।
जसअनुसार, आर्थिक मामिला उपसमितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा मिति २०८२–०२–१५ गतेको बजेट वक्तव्यबाट सुनचाँदी तथा बहुमूल्य पत्थरको कारोबारमा लगाइएको करका कारण आन्दोलनरत व्यवसायीहरूसँग छलफल गरिने कार्यसूची छ।
यस्तै, बिहान ९ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूची छ।