गृहद्धारा भक्तपुर र अर्घाखाँचीका प्रजिअसहित तीन सहसचिवको सरुवा - Chaitanya News
  • 2026-06-08
  • 00:13:01
  • आइतबार,जेठ २४, २०८३
  • गृहद्धारा भक्तपुर र अर्घाखाँचीका प्रजिअसहित तीन सहसचिवको सरुवा

    गृहद्धारा भक्तपुर र अर्घाखाँचीका प्रजिअसहित तीन सहसचिवको सरुवा

    काठमाडौँ– भक्तपुर र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित तीन सहसचिवको सरुवा भएको छ। आज (बिहीबार) गृह मन्त्रालयले भक्तपुरका प्रजिअ गोपालप्रसाद पोखरेललाई अर्घाखाँची सरुवा गरिएको छ भने भक्तपुरमा गृह मन्त्रालयका सहसचिव भरतमणि पाण्डेलाई खटाइएको छ। पाण्डे केही दिनअघि मात्र कास्कीबाट गृह मन्त्रालयमा सरुवा भएका थिए।

    यस्तै, अर्घाखाँचीका प्रजिअ वेदप्रसाद खरेललाई गृह मन्त्रालयमा तानिएको छ। सेवाग्राही र कर्मचारीसँग असहयोगी व्यवहार गरेको गुनासोपछि मन्त्रालयले खरेललाई तत्काल मन्त्रालय फिर्ता बोलाएको गृह प्रशासन स्रोतले जनाएको छ। गृहमन्त्रीसमक्ष समेत उनको उजुरी परेको थियो।

    पछिल्लो समय गृह मन्त्रालयले कर्मचारी व्यवस्थापनलाई तीव्रता दिएको छ। सहसचिव दरबन्दीमा उपसचिव प्रजिअहरूलाई हटाएर सहसचिवलाई जिम्मेवारी दिइएको छ भने अतिरिक्त (बरण्डा)मा रहेका सहसचिवको व्यवस्थापन गरिएको छ। तर, सरुवा प्रक्रियामा वर्ग नमिलेको र व्यावहारिकता नअपनाइएको गाईगुई गृहमा सुनिएको छ।