काठमाडौँ– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक छिट्टै संसद्को कार्यसूचीमा आएर पारित हुने विश्वास व्यक्त गरेका छन्।
आज (बिहीबार) प्रतिनिधि सभाको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेश गर्दै सभापति खतिवडाले भने, “राज्य व्यवस्था तथा सुशासन समितिबाट हामीले पेश गरेको निजामती विधेयक पनि यहाँ आएर बसेको छ। कार्यसूचीमा आज पेश गरेको देखिँन। छिट्टै त्यो पनि कार्यसूचीमा आएर पारित हुने विश्वास मैले लिएको छु।
यो विधेयक लामो समयदेखि बहु प्रतीक्षित रहँदै आएको छ। यसअघि २०८२ असार १ गते समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिएको थियो। त्यसपछि कार्यसूचीमा पनि चढेको थियो तर एकाएक हट्न पुगेपछि अहिले पुनः सेलाएको छ।