काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैकल्पिक अन्य शक्तिहरूसँग संवाद गर्ने भएको छ। पार्टी सचिवालय बैठक बसेर सहकार्यका लागि संवाद कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
आज (बिहीबार) बिहान बसेको बैठकले वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूसँग सहकार्य गर्न कार्यदल गठन गर्ने निर्णय गरेको ह । ती शक्तिहरूलाई एक ठाउँमा ल्याउनका लागि नेतृत्वदायी भूमिकाले खेल्ने बताइएको छ।
‘विषम राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूलाई एउटै धागोमा बाँध्न पार्टीले नेतृत्व लिने र ‘सहकार्य–संवाद कार्यदल’ गठन गर्ने’ रास्वपाको निर्णयमा भनिएको छ।