४ करोड बजेटमा मेयर हर्क साम्पाङको असन्तुष्टि - Chaitanya News
  • 2026-05-13
  • 18:52:56
  • बुधबार,बैशाख ३०, २०८३
  • ४ करोड बजेटमा मेयर हर्क साम्पाङको असन्तुष्टि

    ४ करोड बजेटमा मेयर हर्क साम्पाङको असन्तुष्टि

    काठमाडौँ– कोशीको पानी धरानमा ल्याउने योजनाका लागि ४ करोड बजेट विनियोजन भएपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले असन्तुष्टि जनाएका छन्।

    उनले हिजो (बुधबार) सामाजिक फेसबुकमा एक स्टाटस् लेख्दै त्यति बजेटको अर्थ नभएको भन्दै बरु श्रमदानबाटै पानी खुवाउने बताएका हुन्।

    ‘कोशीको पानीको लागि ४ करोड मात्रै ? लु भो सरकार तिम्रो पैसा हाम्लाई चाहिएन म श्रमदानबाटै पानी खुवाउँला बरु भो उस्स्स्स तिम्रो योजना ’उनले लेखेका छन्।

    खानेपानी मन्त्रालयको बजेटमा साम्पाङले राख्दै आएको माग पनि समेटिएको छ। यसका लागि संघीय रूपमा कार्यान्वयन हुनेगरी सरकारले ४ करोड रुपैयाँ विनियोजन भएको हो। कोशीको पानी ल्याउन संघीय सरकारले पैसा दिनुपर्ने भन्दै साम्पाङ केही महिनाअघि रित्तो गाग्री बोकेर काठमाडौँ आएका थिए।