Chaitanyakhabar
काठमाडौँ– सरकारले मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरेको छ ।
आज (बुधबार) सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै बैठकका १९ निर्णय सार्वजनिक गरेका हुन्।
दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै, के छ कार्यसूची ?
सरकारका १०० दिन : विज्ञान–नवप्रवर्तन मन्त्रालयले जगायो नयाँ आशा, चुनौती भने अझै उस्तै
सुदूरपश्चिमभर अविरल वर्षाः बाढी–पहिरोको जोखिम बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह
बोस्नियालाई २–० ले पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश
काठमाडौँ– आज (बिहीबार) दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बोलाएका हुन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ। आजको बैठकमा विभिन्न मन्त्रालयबाट प्राप्त नियमित प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय गर्ने कार्यसूची रहेको स्रोतले जनाएको छ। नियमित एजेन्डासँगै केही महत्त्वपूर्ण नीतिगत निर्णयसमेत हुन सक्ने जनाइएको छ।…
काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले कार्यभार सम्हालेको पहिलो १०० दिनमा प्रशासनिक सुधारका विभिन्न कदममध्ये सबैभन्दा धेरै चासोको विषय बनेको निर्णय हो– छुट्टै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन। विज्ञान र प्रविधिको क्षेत्रलाई पहिलो पटक स्पष्ट राजनीतिक नेतृत्व र संस्थागत संरचना प्रदान गर्ने उद्देश्यले गठन गरिएको यो मन्त्रालयलाई सरकारले दीर्घकालीन आर्थिक रूपान्तरणको आधारका रूपमा…
धनगढी– सुदूरपश्चिम प्रदेशमा गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ। प्रदेशका तराईदेखि पहाडी जिल्लासम्म वर्षा भइरहेकाले बाढी, डुबान र पहिरोको जोखिम बढेको भन्दै सम्बन्धित निकायले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कैलाली, कञ्चनपुर, दार्चुला, डडेल्धुरा लगायतका जिल्लामा निरन्तर वर्षा भइरहेको छ। केही स्थानमा भारी वर्षा पनि भइरहेको छ।…
काठमाडौँ– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका र इरानका अधिकारीबीच कतारको राजधानी दोहामा अप्रत्यक्ष वार्ता सम्पन्न भएको छ। हिजो (बुधबार) कतार र पाकिस्तानका मध्यस्थकर्ताको उपस्थितिमा अमेरिका र इरानका प्रतिनिधिले प्राविधिक स्तरको अप्रत्यक्ष छलफल गरेका हुन्। एक कूटनीतिज्ञका अनुसार दोहा वार्ता हालै स्विट्जरल्याण्डको लेक लुसर्नमा भएको छलफलबाट प्राप्त प्रगति र दुवै पक्षले जुन…
काठमाडौँ– अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले बिहीबार सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका कतिपय सडक खण्डहरू पूर्ण रूपमा बन्द छन् भने कतिपय स्थानमा एकतर्फी रूपमा यातायात सुचारु गरिएको छ। मध्य पहाडी लोकमार्ग मेची राजमार्ग र मध्य पहाडी लोक मार्गमा…
पाल्पा– पाल्पामा बर्सेनि डिएपी मलको माग बढ्दै गएको छ। पछिल्ला तीन आर्थिक वर्षको तथ्यांकलाई हेर्दा जिल्लामा डिएपी मलको माग बढ्दो क्रममा रहेको देखिन्छ भने युरिया मलको खपत क्रमशः घट्दो देखिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड, पाल्पाका शाखा प्रबन्धक सिर्जना पाण्डेका अनुसार आव २०८०–८१ मा दुई हजार मेट्रिक टन युरियाको माग गरिएको थियो। यसमध्ये एक हजार…