काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँग विनासर्त आत्मसमर्पण गर्नुपर्छ भनेपछि इरानले त्यसको कडा जवाफ दिएको छ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेइले इजरायलविरुद्ध कहिल्यै सम्झौता नहुने भन्दै कडा प्रतिवाद गर्ने चेतावनी दिएका हुन्।
सामाजिक सञ्जाल ‘एक्स’मार्फत ट्रम्पलाई जवाफ दिंदै उनले लेखेका छन्, ‘युद्ध सुरु भइसकेको छ। इजरायलसँग सम्झौता हुनसक्दैन।
उनले अर्को पोष्टमा इजरायललाई आतंकवादीको संज्ञा दिंदै इजरायली शासनलाई दया नदेखाउने प्रतिक्रिया दिएका छन्।
इजरायलले इरानको परमाणु आयोजना र मिसाइल भण्डारण क्षेत्रमा आक्रमण गरेपछि हाल यी दुई देशबीच तनाव छ। यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई विनासर्त आत्मसमर्पण गर्न भनेका थिए।