काठमाडौँ– शाखा अधिकृत वा सो सरह पदको द्वितीय चरणको एकीकोत तथा संयुक्त परीक्षा कार्यक्रम संशोधन गरिएको छ।
आज (मंगलबार) लोक सेवा आयोगले सूचना नं. २४६७–२०८१८२ मार्फत परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संघीय संसद सेवाका लागि तोकिएको परीक्षा मिति परिवर्तन गरेको हो।
यसअघि २०८२.०३.२४ देखि २०८२.०३.२८ सम्म तोकिएको परीक्षा अब २०८२.०४.१९ देखि २०८२.०४.२३ सम्म सञ्चालन हुने आयोगले जनाएको छ।