सरकारलाई रास्वपाको प्रश्न: मानव तस्करीको विषय उठाउँदा रोष्ट्रमबाट धम्क्याउनेको उद्देश्य के हो? - Chaitanya News
  • 2026-05-13
  • 20:05:53
  • बुधबार,बैशाख ३०, २०८३
  • सरकारलाई रास्वपाको प्रश्न: मानव तस्करीको विषय उठाउँदा रोष्ट्रमबाट धम्क्याउनेको उद्देश्य के हो?

    सरकारलाई रास्वपाको प्रश्न: मानव तस्करीको विषय उठाउँदा रोष्ट्रमबाट धम्क्याउनेको उद्देश्य के हो?

    काठमाडौँ– रास्वपाले भिजिट भिसाको आवरणमा मानव तस्करी हुँदा समेत सरकार मौन बनेको आरोप लगाएको छ।

    आज (मंगलबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै चन्दा भण्डारी कार्कीले ०६४ सालदेखि नै चल्दै आएको गम्भीर विकृति भएकाले छानबिन हुनुपर्ने बताइन्।

    यस्तै उनले भनिन्, ‘यसको जालो च्यात्नको लागि हामीले उच्चस्तरीय छानबिन समिति बनाएर दोषीमाथि कारबाही गरी सुशासन स्थापित गर्न माग गरेका हौँ। यस्तो माग गर्दा पनि सरकारले आक्रोशित हुँदै रोष्ट्रमबाट धम्काउनेको उद्देश्य के हो ?

    उनले आफूहरूले गृहमन्त्री संलग्न रहेको नभने पनि भूमिका शंकास्पद भएकाले प्रश्न उठेकाले बताइन्। उनले गृहमन्त्री मातहतबाटै अनुसन्धान हुनुपर्ने भएकाले उनैमाथि छानबिन हुँदा निष्कर्ष नहुने भन्दै विगतमा उनले नै उठाएको मागअनुसार राजीनामा दिनुपर्ने बताइन्।