काठमाडौँ– आज (मंगलबार) प्रतिनिधि सभा अन्तर्गत दुई संसदीय समितिको बैठक बस्दैछन्।
जसअनुसार, बिहान साढे ८ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ।
यससाथै मध्यवर्ती क्षेत्रको स्थलगत अवलोकन तथा अनुगमन सम्बन्धमा छलफल गरिने छ।
यस्तै, दिउसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको ८० औँ बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूची छ ।