सांसद जबराले भने: बाढीले क्षति पुगेका आयोजनाहरू बजेटमा समावेश भएनन् - Chaitanya News
  • 2026-05-13
  • 20:06:55
  • बुधबार,बैशाख ३०, २०८३
  • सांसद जबराले भने: बाढीले क्षति पुगेका आयोजनाहरू बजेटमा समावेश भएनन्

    सांसद जबराले भने: बाढीले क्षति पुगेका आयोजनाहरू बजेटमा समावेश भएनन्

    काठमाडौँ– सांसद उदयशमशेर जबराले गत असोजको दोस्रो साता आएको बाढीले क्षति पुगेका आयोजनाहरू पुनर्निर्माणका लागि बजेट विनियोजन नभएको बताएका छन्। आज (सोमबार) प्रतिनिधिसभामा भएको बजेटको सैद्धान्तिक छलफलमा बोल्दै उक्त कुरा बताएका हुन्।

    ‘गत असोजको दोस्रो साता आएको बाढीले बागमती प्रदेशमा ठुलो क्षति गरेको थियो। यसको लागि बजेटको स्रोत सुनिश्चित भएको थियो। विदेशी श्रमसमेत लिएका थियौँ,’ उनले भने।

    साथै निजी आवास सम्बन्धित प्राधिकरणले पुनर्निर्माण गर्ने भनिएको तर हाल के कति निर्माण भयो भएन त्यसतर्फ ध्यान नभएको बताए। ‘पीडितको नाममा दिएको बजेट पीडितलाई नदिएर कहाँ पुगेको छ ? पीडितलाई ल्याएको पैसा अर्को ठाउँमा लग्न पाइँदैन।

    साथै उनले आगामी बजेटमा तिन करोडको सिलिङ मेन्टेन हुन नसकेको तर्क गरे। उनले भने, ‘किन हुन सकेन अर्थमन्त्रीले स्पष्ट पार्न जरुरी छ।