काठमाडौँ– रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसाको आवरणमा राज्य संयन्त्रले नीति बनाएर मानव बेचबिखन गरिरहेको भन्दै छानबिनको माग गरेका छन् ।
आज (सोमबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै सो माग गरेका हुन् । यस्तै उनले राज्य जनताको लागि हो कि शासकहरूको लागि ? भन्दै प्रश्न गरे। उनले आफ्नो नागरिकलाई तस्कर गर्ने राज्यलाई जवाफदेहिता कसले बनाउने भन्दै प्रश्न दोहोर्याएका छन्।
सङ्ख्याको दम्भ नदेखाउन भन्दै परियारले यो विषयमा आफूहरू गम्भीर भएर लागेको बताए। गृह प्रशासनकै मिलेमतोमा मानव तस्करी भएको आरोप लगाउँदै आफूहरू कराइरहँदा पनि बल प्रयोग गरेर सदन नचलाउन चेतावनी दिएका छन्।