प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची - Chaitanya News
  • 2026-05-13
  • 20:06:23
  • बुधबार,बैशाख ३०, २०८३
  • प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ– आज (सोमबार) बैठक बिहान ११ बजे संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्ने तय भएको छ। बैठक संसद् भवन नयाँवानेश्वरमा बस्नेछ । आज बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको ।

    संघीय संसद् सचिवालयका अनुसार, अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै, अर्थमन्त्री पौडेलले आव २०८२–८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरुले राख्नुभएको जिज्ञासाको जवाफ दिनेछन्।

    यसैगरी, आजको बैठकमा ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशाधन) विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ।