काठमाडौँ– संघीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ ।
आज (आइतबार) प्रतिनिधि सभाको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवासम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधि सभामा प्रस्तुत गरेका हुन्।
विधेयक पेस गर्दै उनले सांसद दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा उपसमिति गठन गरेर लामो छलफलपछि विधेयकलाई अन्तिम रूप दिइएको बताए।
दुई वर्षको ‘कुलिङ अफ पिरियड’ राखेर समितिबाट सर्वसम्मतिका साथ विधेयक पारित गरी ल्याइएको छ”, सभापति खतिवडाले भने।
प्रतिनिधि सभाको अर्को बैठक यही असार २ गते सोमबार बिहान ११ः०० बजे बस्ने तय भएको छ ।